बेहुलाले विवाह मण्डपमै र*क्सी खाएर आएपछि…

पाेखरा १९ साउन- भारतको विहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । बेहुलाले म*दिरा सेवन गरेर मण्डपमा आएकै कारण बेहुलीले विवाह गर्न अस्वीकार गरिदिए ।

रिन्की कुमारीको विवाह बब्लु कुमारसँग हुने तयार भइसकेकाे थियो । बेहुलीका बाबु त्रिभुवन साहले भने ‘बेहुला यति धेरै म*दिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

स्थानीयहरूका अनुसार, बेहुला यति मातेको थियो कि उनी बिहेको मण्डपमा पनि राम्रो सँग उभिन सकेको थिएनन् । उनले बिहेका अरू संस्कार पनि ठिकसँग गर्न सकिरहेका थिएनन् त्यसैले बेहुलीले विवाह मण्डप छाडेर भागेकी हुन् ।

कुमारीलाई विवाहका लागि दुवै परिवारले राजी गराउन चाहे तर उनी भने सहमत भइनन् । जब कुमारी विवाह गर्नका लागि असहमति जनाई तब स्थानीयहरूले केटा पक्षले लिएको सम्पूर्ण दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएनन् । सांङ्कितिक तस्विरः गुगलबाट

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।