विराज भट्टको ‘साङ्लो’ प्रदर्शन मिति घाेषणा

पाेखरा १९ साउन – निर्माणको औपचारिक घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘साङ्लो’ ले रिलिज मिति तय गरेको छ । विराज भट्ट र निकिता चण्डक स्टारर यो फिल्म आउँदो कार्तिक १५ गतेदेखि प्रदर्शन हुने भएको हो ।

निर्माण टिमका अनुसार फिल्म तिहार तथा छठ पर्वको अवसर पारेर रिलिज हुनेछ । चलचित्रको निर्देशन विराज भट्टले नै गरेका हुन् । विराजको कमब्याक भनिएको यो फिल्ममा लभस्टोरी र एक्सन प्याक हुने छ । फिल्ममा निकिता चण्डक विराजको अपोजिटमा देखिनेछिन् ।

निकिताले फिल्मको कथावस्तु मन परेकाले अभिनयका लागि राजी भएको बताएकी थिइन् । यस्तै फिल्ममा शिवम् अधिकारीको स्किृप्ट छ । विराजले‍ यो फिल्मका लागि झण्डै १ वर्षदेखि तयारी गरेका थिए । चलचित्रमा कथा हालको समाज हेरेर त्यही अनुसार तयार पारेको निर्माण टिमले जनाएको छ । यो फिल्मको ‌औपचारिक घोषणा बैशाखमा गरिएको थियो ।

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।