यस्ता ११ चिह्न भएकी महिलालाई बनाउनुहोस् श्रीमती, चम्किन्छ भाग्य !

पाेखरा १८ साउन- केही तथ्य र रोचक कुराहरु शास्त्रमा उल्लेख गरिएका पाइन्छन् । शास्त्रले बताए अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् ।

यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।

संकेत के–कस्ता छन्–

कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् । पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ । यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ । कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ । हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ । कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ । यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् । समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् । कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

प्रकाशित मिति August 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।