कैलाली-कञ्चनपुरमा अचानक भीषण हावाहुरी : ९ जना घाइते

कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ । हावाहुरी कै कारण ९ जना घाईतेसमेत भएका छन् ।

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायाव अवरुद्ध रहेको छ ।

कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको सम्पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति June 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।