हट स्वस्तिमा, कूल स्वस्तिमा, हेर्नुहोस १९ तस्वीर

पाेखरा १७ साउन – नेपाली नायिका स्वस्तिमा खड्का पछिल्लो समय दिनप्रतिदिन व्यस्त हुँदै गएकी छिन् । चर्चामा आइरहने स्वस्तिमाले धेरै सिनेमामा त काम गरेकी छैनिन् तर अभिनय गरेका सिनेमाले उनलाई राम्रो चर्चा दिएका छन् ।

चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटमा कुटु’ ले उनलाई एकाएक चर्चाको शिखरमा पु–यायो । फिल्मको उक्त गीतमा स्वस्तिमाले कम्मर मर्काएकी थिइन् । त्यसपछि लगातार पहिलो चलचित्र होस्टल रिटन्स मा अभिनय गरिन । उनि चर्चित निर्देशक निश्चल बस्नेतकी श्रीमती हुन् ।

‘घामड शेरे’लाई यो वर्षको प्रतीक्षित सिनेमा भनिएको छ । सिनेमा ‘बुलबुल’ बाट अभिनयको चौतर्फी तारिफ पाएकी स्वस्तिमा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा प्राय: सक्रिय रहने स्वस्तिमाले शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ ।

हेर्नुहाेस् केही तस्वीर:

याे पनि पढ्नुहाेस्

यी हुन् भारतबाहिर घर खरिद गर्न बलिउडका चर्चित सेलिब्रिटी

बलिउडका चर्चित सेलिब्रिटीहरु एउटै फिल्ममा अभिनय गरेबापत करोडौँ पारिश्रमिक लिन गर्दछन्।
राम्रै कमाइ गर्ने उनीहरु आफ्नो ‘लक्जरी लाइफ’का लागि खुलेरै खर्च गर्ने पनि गर्दछन्। त्यसका अलावा उनीहरुले अन्य विभिन्न व्यापारिक क्षेत्रमा लगानी गर्ने समेत गरेका छन्। धेरै कलाकारहरु भारतमा मात्रै नभएर भारतबाहिर पनि घर र अपार्टमेन्ट खरिद गरेका छन् भन्ने अन्य विभिन्न व्यवसायिक क्षेत्रमा लगानी समेत गरेका छन्।

यहाँ भारतबाहिर घर खरिद गरेका केही सेलिब्रिटीहरुको संक्षिप्त चर्चा गरिएको छ।

अमिताभ बच्चन
सम्पत्तिको मामिलामा बलिउडका महानायक अभिताभ बच्चन अरुभन्दा अगाडि नै रहेका छन्। भारतको मुम्बईमा उनको पाँच वटा शानदार महल रहेका छन्।
अमिताभले पत्नी जयाका लागि पेरिसमा एक घर खरिद गरेका छन्। यसका अलवा उनीहरुले विदेश र स्वदेशका विभिन्न व्यवसायिक क्षेत्रमा समेत लगानी गरेका छन्।

अक्षय कुमार
पछिल्लो समय एकपछि अर्को सफल चलचित्र दिइरहेका बलिउड अभिनेता अक्षय कुमार क्यानडाका नागरिक हुन्। उनले क्यानडामा एउटा पहाडनै खरिद गरेका छन्। भारतमा पनि उनको घर छ र विभिन्न व्यवसायिक क्षेत्रमा उनले लगानी गरेका छन्। यसका अलावा उनको क्यानडाको टोरेन्टोमा केही अपार्टमेन्ट रहेको बताएको छ।

शाहरुख खान
किङ खानका रुपमा परिचित बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानको मुम्बईमा एक अलिशान महल छ। यसको नाम उनले मन्नत राखेका छन्। यो घरको मूल्य २०० करोडभन्दा बढी रहेको छ। खबरअनुसार उनको दुबईको पाम जुमेराहमा पनि अर्को एक घर छ। त्यस्तै लन्डनको पार्कलेनमा पनि उनको एक अपार्टमेन्ट छ। त्यस्तै विदेशका विभिन्न बैंकहरुकमा उनले पैसा राखेको र केही व्यसायिक क्षेत्रमा समेत लगानी गरेको बताइएको छ।

प्रियंका चोपडा
बलिउडमा मात्रै नभएर हलिउडमा समेत परिचय बनाउन सफल अभिनेत्री प्रियंका चोपडाको कमाई पनि अन्य सुपरस्टारकोभन्दा कम छैन। मुम्बईमा उनको एक अलिशान घर रहेको छ। उनी न्युयोर्कमा रहेको शानदार अपार्टमेन्टकी पनि मालिक्नी हुन्। अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि उनले लस एन्जिलसमा समेत एक घर खरिद गरेकी छन्।

अभिषेक र ऐश्वर्या
बलिृउडका सफल जोडी अभिषेक र ऐश्वर्या राय बच्चनको मुम्बईका अलावा दुबईको जुमेराहमा एक शाही बंगला खरिद गरेका छन्। विशेष गरेर उनीहरु बिदा मनाउनका लागि दुबई जाने गर्दछन्। यसका अलाबा भारतमै पनि उनीहरुको अन्य व्यवसायिक क्षेत्रमा समेत लगानी रहेको बताइएको छ।

शिल्पा सेट्टी
अहिले बलिउड क्षेत्रबाट टाढा रहेकी शिल्पा सेट्टी लग्जरी लाइफ’का लागि कुनै सुरस्टारभन्दा कम छैनन्। भारतमै उनको एउटा शान्दार घर रहेको छ। यसका अलवा उनले लन्डनमा एक अलिशान महल खरिद गरेकी छन्। जसको नाम उनले रानी महल राखेकी छन्। त्यस्तै लन्डनमै उनको अर्को एक घर पनि रहेको बताइएको छ।

प्रकाशित मिति August 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।