भीडकै बिचमा सलमानले सेक्यूरिटी गार्डको गालामा ठोके झापड (भिडियो)

भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड लगाइदिएका छन् । भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि खानले रिसले सेक्यूरिटी गार्डको गालामा झापड लगाइदिएका हुन् । जुुु भिडियो भाईरल बनेको छ ।

सलमान खानका फ्यानले यो घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ । एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् ।

भिडियो :

प्रकाशित मिति June 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।