बोल्ड अभिनयका कारण चर्चामा रहेकी राधिकाकाे ७ हट अवतार

पाेखरा १७ साउन । भारतीय अभिनेत्री राधिका आप्टे आफ्नो बोल्ड अभिनय तथा तर्कपूर्ण क्षमताका कारण निकै परिचित छन् । सामान्यदेखि बोल्ड भूमिकामा उनले आफूलाई सशक्त रुपमा स्थापित गरेकी छन् ।

उनको सिनेमादेखि वेवसिरिज गरेको अभिनयबाट दर्शक निकैको प्रभावित बनेका छन् । बलिउडका साथै उनले हलिउड चलचित्रमा समेत अभिनयको जादु पस्केकी छन् । उनी अभिनीत ‘लिबर्टेः अ कल टु स्पाईं’ प्रदर्शनको तयारीमा छ । उक्त चलचित्रमा उनी एक ब्रिटिस जासुसको भूमिकाका देखिएकी छन् ।

उनले हालसालै यस चलचित्रका बारेमा कुरा गर्दै उनले बलिउड र हलिउड चलचित्रका निकै अन्तर रहेको जिकिर गरिन् । उनले भनिन्, ‘मानिसहरू त्यहाँ समयसँग एकदमै बाँधिएका छन् । त्यहाँ कसैसँग गएर पैसा मागिरहनुपर्दैन । तर, यहाँ गएर आफ्नो पैसा लिन पनि गिडगिडाउनुपर्छ ।’

बलिउड अभिनेता शाहिद कपुरसँग ‘वाह लाइफ हो तो ऐसी’बाट बलिउड प्रवेश गरेकी राधिकाले आफ्नो हलिउड चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको सुनाइन् ।

हेर्नुहाेस् केहि तस्विरहरूः

प्रकाशित मिति August 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।