अनुष्काले यस्ताे १५ अवतार देखाइन्, जसले फ्यानकाे ढुकढुकी बढायाे

पाेखरा १७ साउन- मिस नेपाल वल्र्ड २०१९ हुनुपूर्व अनुष्का श्रेष्ठलाई कमैले चिन्थे । उनका खासै फ्यान फलोइङ पनि थिएनन् । मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो । अहिले उनका लाखौँ फ्यान छन् ।

काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि अस्ट्रेलियामा रहँदै आएकी थिइन् । उनी मिस नेपाल प्रतियोगिताकै लागि अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् ।

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत थिइन् ।

हेरौँ उनकाे केही सुन्दर तस्वीरहरु:

कीर्तिपुरमा अवस्थित एक स्कुलको ठूलो चौरमा टेन्टले बारेर ‘मिस नेपाल २०१९’को आयोजना भयो । पाँचतारे होटलमा सीमित ‘मिस नेपाल’ प्रतियोगिता यस वर्ष फरक स्थानमा पुगेको थियो ।

यसपटक ‘मिस नेपाल वल्र्ड २०१९’ को अर्को पनि विशेषता थपिएको थियो- मिस नेपालको आयोजना सुरु भएको २५ औं बर्ष अर्थात रजत जयन्ती । यसले गर्दा पनि आयोजकले ठूलो ठाउँमा दर्शकका लागि टिकटको व्यवस्था गर्नुपरेको थियो ।

२५ जना प्रतिस्पर्धीलाई जितेर मिस वल्र्ड नेपालकी विजेता बन्दै गर्दा अनुष्का श्रेष्ठका आँखा खुशीले रसाए । गत वर्षकी मिस नेपाल वल्र्ड २०१८ कि विजेता श्रृङख्ला खतिवडाले क्राउन लगाइदिँदै गर्दा अनुष्कामा हर्षका आँशु छचल्किए ।

अष्ट्रेलियामा बैंकको जागिर त्यागेर अनुष्का देशका लागि केही गर्ने अठोट बोकेर नेपाल छिरेकी थिइन् । मिस वल्र्ड नेपालको ताजले उनलाई अब देशका लागि केही गरेर देखाउने अवसर प्रदान गरेको छ ।

आफूले गरेको प्रतिज्ञाअनुसार अब अनुष्का स्वदेशका कुना कन्दरातिर फर्किइन् भने पक्कै पनि यसले मुलुकलाई बस्न लायक बनाउने छ र युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने छ ।

अनुष्काले विहीबार मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेपछि मिस नेपाल ओसिनियाकी आयोजक भूमा लिम्बु खुशी भएकी छिन् । लिम्बूले अष्ट्रेलियाबाट आफूहरुले पठाएको प्रतिनिधिले मिस नेपाल वर्ल्ड जितेको भन्दै खुशी व्यक्त गरेकी हुन् ।

उनका खासै फ्यान फलोइङ पनि थिएनन् । मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो । अहिले उनका लाखौँ फ्यान छन् ।

काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि अस्ट्रेलियामा रहँदै आएकी थिइन् । उनी मिस नेपाल प्रतियोगिताकै लागि अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् ।

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी हुन्। उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत थिइन् ।

प्रकाशित मिति August 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।