पाेखरा १७ साउन- यतिबेला समाजिक संजालमा दुई युवतीको फोटोशुट निकै भाइरल भइरहेको छ। यी युवतीको नाम अंजली चकरा र सुन्दस मलिक हो। उनीहरु समलिंगी हुन्।
उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। अझ रमाइलो त के भने अंजली चकरा भारतीय हुन् भने सुन्दस मलिक पाकिस्तानी हुन्। यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्। यही कारण उनीहरुको फोटोलाई अहिलेसम्म ७० हजार भन्दा धेरै रिट्विट गरिएको छ। साथै फोटोमा ४५ हजार भन्दा धेरैले लाइक बढेकाे छ ।
Happy anniversary to the girl who taught me how to love & be loved ❤️ pic.twitter.com/zm5sAhqIxP
— Anjali C. (@anj3llyfish) July 31, 2019
पछिल्लो समय उनीहरुको फोटो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। उनीहरुले यो फोटो न्युयोर्कमा खिचाएका थिए। यी फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। र सामाजिक संजालमा शेयर गरेका थिए। जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्।
समलिंगी युवतीको यो पहिलो फोटोशुट भने होइन जुन सामाजिक सजालमा भाइरल भएको होस्। केही समय अगाडिएक गे जोडीको विवाहको फोटो पनि सामाजिक संजालमा भाइरल भएको थियो। अमित शाह र आदित्य मदिराजू नामका यी जोडीले अमेरिकाको न्युजर्सीमा विवाह गरेका थिए।
प्रकाशित मिति August 2, 2019A New York Love Story pic.twitter.com/nve9ToKg9y
— Sarowar (@Sarowarrrr) July 28, 2019
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।