‘दिलको फ्रेम’मा रवी र आँचलको रोमान्स (भिडियोहित)

नेपाल आइडल सिजन – २ का विजेता गायक रवि ओडको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक भएको ‘दिलको फ्रेममा’ बोलको गीत रविको तेस्रो गीत हो । ‘दिलको फ्रेममा’ बोलको गीतमा रविलाई गायिका पुष्पा पौडेलले साथ दिएकी छिन् ।

देवल भण्डारीको शब्दमा दीपक शर्माको सङ्गीत रहेको छ भने गीतमा रवि ओड सँगै आँचल शर्मा, पुष्प खड्का, र पुष्पा पौडेलको अभिनय रहेको छ । सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् ।शिव पौडेलले निर्माण गरेको भिडियोलाई शुभ्रतराज आर्चायले निर्देशन गरेका हुन् । रविले यसअघि ‘कौडीको बुद्धि’ र ‘मिठो बोली’ले बोलको गीत ल्याएको थिए ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति June 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।