निश्चल र स्वस्तिमालाई पुष्प बर्षात गर्दै आदर्श जोडीको सम्मान

चर्चित नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रूपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुला चौरमा आयोजित तीनदिने तीज माइती मेला– २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै उनीहरूलाई सम्मान गरिएको हो ।

श्रीमान् श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफलसमेत बनेको जोडीलाई हरेक वर्ष तीज कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको आयोजक संस्था ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मीनाकुमारी रिमालले बताइन् । सात वर्षदेखि हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको बताइन्.

तीज माइती मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमुख अतिथि थिए भने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी विशिष्ट अतिथि थिए । कार्यक्रमा मेयर महर्जनले यस प्रकारका कार्यक्रमले नेपालको सांस्कृतिक महŒव जोगाइराख्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमा ललितपुर महानगरपालिकाकी उपमेयर, कलाकारलगायतको उपस्थिति तथा प्रस्तुति रहेको थियो ।

तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति August 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।