जन्मिदा पुरुष, अहिले युवतीः भन्छिन- मलाई छक्का भन्दा बाल लाग्दैन (भिडीयो)

पाेखरा १६ साउन । दमककी १६ वर्षिया अनमोल राई निकै सुन्दरी छन् । उनको सुन्दरता देख्दा जो–कोही पुरुष आकर्षित हुन बेर छैन । तर उनी जन्मजात महिला होइनन् । जन्मदा पुरुष थिए । तर अचेल उनको भेष बद्लिएको देख्नुभएकाे छ ।

विगतमा पुरुष देखिने अनमोल अहिले सुन्दरी युवती बनेकी छन् ।स्थानीय सुर्योदय अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत अनमोल पाँच महिनाअघि मात्र पुरुषको भेष बदलेर महिला बनेकी हुन् । उनी वाल्यकालदेखि नै विद्यालय जाँदा कक्षाकोठामा अरु बालकहरु सँगै बस्ने गर्थिन । किनकी त्यस समयमा उनको रूप बालकको थियो ।

बिस्तारै उनको बोलीचाली, चालचलन र हाउभाउ बालिका झैं हुन थाल्यो । जब उनी १५ पुगेर १६ वर्षमा टेकिन् । किशोरी झैं सर्ट–फरक लगाएर विद्यालय जान थालिन् । सँधै किशोरहरुसँग बस्ने अनमोल किशोरी झैं देखिन थालिन् । र, किशोरीहरुसँगै बस्न थालिन् । ‘हाई हेल्लो सबैसँग हुन्छ । मेरा केटा साथीहरु पनि छन् ।

भिडियाे हेेर्नुहाेस्ः

प्रकाशित मिति August 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।