१८ वर्ष नपुगेकाले मदिरा किनबेच गर्न नपाउने, यति बजे मात्र बिक्रि गर्न पाउने

पाेखरा १६ साउन-बिना कार्ड मदिरा सेवन तथा बिक्री गर्नेलाइ ठूलाे कारवाहि हुने, वितरणका कारण जिल्लामा अप*राधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएकाले जिल्लामा मदिरालाई व्यवस्थित गरियाे।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरे । सर्वपक्षीय बैठकले कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म राति ९ बजेसम्म र माघ १६ गतेदेखि कात्तिक १४ गतेसम्म राति १० बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

उहाँका अनुसार लामो दिनमा अबेरसम्म र छोटो दिनमा एक घण्टा पहिला होटल बन्द गर्ने निर्णय गरिएको छ । त्यसैगरी १८ वर्ष उमेर नपुगेका बालबालिकालाई मदिरा बिक्री वितरण नगरिने र खुद्रारुपमा मदिरा बिक्री गर्नेले साँझ ५ बजेदेखि राति १० बजेसम्म बिक्री गर्न पाउने तर दिउँसोको समयमा बिक्री वितरण नगरिने निर्णय पनि भएको प्रजिअ नेपालले जानकारी दिनुभयाे ।

अन्तःशुल्कको स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने र यसलाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ । त्यस्तै बजार अनुगमन समितिमा होटल व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका एक÷एक सदस्यलाई मनोनित गरिने भएको छ । बैठकमा प्रत्येक होटल व्यवसायीले अनिवार्यरुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने तथा होटलमा बास बस्न आउने पाहुनाको यथार्थ विवरण राख्ने निर्णय गरियाे ।

बैठकले गरेका निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने र निर्णय कार्यान्वयन नगर्नेलाई नियमानुसार कारवाही गरिने पनि प्रजिअ नेपालले बताउनुभयो । व्यवसायीलाई मर्यादितरुपमा आफ्नो व्यवसाय गर्न र आपराधिक तथा गैरकानूनी क्रियाकलाप अन्त्य गर्नाका लागि मदिरालाई व्यवस्थित गर्न थालिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले केहि बताउनुभयाे ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णु न्यौपाने र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नवराज सापकोटाले मदिरा बेचबिखन गर्ने व्यवसायीले अवलम्बन गर्नुपर्ने कानूनी दायरा र अन्तःशुल्कका बारेमा जानकारी गराउनुभएको थियो । यो निर्णय सदरमुकामका साथै ग्रामीण क्षेत्रका बजार तथा पसलमा पनि लागू गर्दै जाने प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले बताउनुभयो । कुश्माबजारमा मात्रै झण्डै १०० को हाराहारीमा होटल तथा मदिरा व्यवसायी गरेका छन् ।

प्रकाशित मिति August 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।