मन्त्री लालबाबु पण्डितको जलाइयो पुत्ला

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् । लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरू बिरोधमा उत्रिएका हुन् ।

पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो ।

मङ्गलबार जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए । पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो भने केहिबेर सडक जामसमेत भएको थियो ।

प्रकाशित मिति June 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।