शास्त्रले यस्ताे भन्छः ब्रत बसेको दिन यौ*नसम्पर्क गर्न हुन्छ कि हुदैन ?

पाेखरा १४ साउन- ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँ दैन रु धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ फरक(फरक दिइएको छ। हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौ*न दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन।

यौ*न विज्ञहरुको भनाइ,

धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौ*न विशेषज्ञहरुको भनाइ छ । माता मनकामना आरोग्यकेन्द्रका यौ*न विशेषज्ञ डा। बद्रीप्रसाद भट्टराई भन्छन्(’ब्रतका बेला यौ*न सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ ।

शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’ उनका अनुसार यौ*नलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने उनी बताउँछन् । ‘तर, एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा हुने भएकाले यौ*नइच्छा अझ बढ्छ । भोकै बस्दा कसै(कसैमा ज्यानमा अझ फुर्ती आउँछ,’ भट्टराईले भने ।

शास्त्रले के भन्छ?

हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ । इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ ।

हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ । तीजको ब्रत बसेका बेला महिलाले पतिको घर छाडेर माइतीमा बस्नुको अर्थ पनि सहवासबाट टाढै हुने उपायका रुपमा लिन सकिने वाल्मिकी क्याम्पसका उपप्राध्यापक केशवमणि घिमिरे बताउँछन् । घिमिरे भन्छन्(’उपवास बस्ने भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि हो, त्यसबेला सम्भोग गर्दा ब्रतको फल प्राप्त हुँदैन ।’

रातो पोशाकको अर्थ,

तीजको दिन महिला रातो पोशाकमा हुन्छन् । सारीदेखि अन्य पोशाकसम्म रातै लगाउँदा महिलाहरु अरु दिनको तुलनामा बढी कामुक देखिने यौ*न विश्लेषक बताउँछन् । यौ*न विज्ञ डा। भट्टराई भन्छन्(’रातो रंगले यौ*नोत्तेजना बढाउन मद्दत गर्छ।’

उनका अनुसार गहुँगोरो छाला भएका नेपाली महिलालाई रातो पोशाकले राम्रो सुहाउँछ । रातो पोशाकले पुरुषलाई मनोवैज्ञानिकरुपमा आकषिर्त गर्छ । विवाहमा बेहुलीलाई रातो पोशाकमा सजाउनुमा पनि यही सन्दर्भ जोडिएको विज्ञ बताउँछन् ।

प्रकाशित मिति July 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।