मेयर देवकुमार नेपाली भन्छन्, ‘दमाईको छोरालाई नमस्कार गर्न गाह्रो मान्छन्’

प्रेम सुनार
म यही वुर्तिबाङ्गमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनु भएको हो,’ बाग्लुङ्गको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफ्नो विगत सम्झदैँ भन्छन्, ‘मैले मेरो इतिहास भुल्न सक्दिनँ ।’

मंगलबार दलित क्षेत्रीय सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्बर–२ ले वुर्तिबाङ्गमा आयोजनाा गरेको जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवसमा दलित समुदायलाई सम्बोधन गर्दै मेयर नेपालीले आफूले दलित भएर भोग्नु परेको अपहेलाना र पिडा सुनाए ।

हाम्रो परिवार निकै गरीव थियो । १३ वर्षको उमेरसम्म खुट्टामा चप्पल लगाउन पाइनँ,’ उनले भने, ‘दलित भएकै कारण हरेक ठाउँमा विभेद र तिरस्कार भोग्नुपर्यो ।’

‘विगतमा दलित हुनुसको पिडा भोगियो नै, अहिले म मेयर हुँदासमेत दलित हुनुको पीडा खेप्नुपरेको छ,’ उनी भन्छन्, ‘एकथरी मान्छेले भन्ने गरेका छन् – यो दमाईको छोरालाई पनि नमस्कार गर्न पर्ने भयो ।’

‘उनीहरु हेप्न खोज्न तर म हेपिन्न । म सबै जातजातीको सम्मान गर्छु । तर कसैले कसैलाई हेपको सहन सक्दिनँ ।’

‘मेरा खुट्टा तान्न एउटा जमात ज्यान फालेर लागेको छ । मेयर देवकुमार नेपालीले भ्रष्टाचार ग¥यो भनेर मुद्दा पनि हालियो,’ उनले भने, ‘यो देशमा दलित समुदायबाट जम्मा दुई जना मात्रै मेयर छौँ । देशभर मै मात्र एउटा जनप्रतिनिधि हुँ जसले आफुले पाउने तलब सुविधा समेत लिएको छैन । तर फेसबुकमा पनि मेराविरुद्ध जथाभावी लेख्ने गरिन्छ ।’

उनले थप भने, ‘गरेर देखाउनुस्, मित्रहरु गरेर देखाउनुस् । मैले जस्तो सयौँ गरिवका घर छाएर देखाउनुस् । मैले जस्तो विद्यालयहरुमा शिक्षक कर्मचारी तलव खुवाएर राखेर देखाउनुहोस् । कैयौँ महिला समुहका भवन बनाएर देखाउनुहोस् । विपदमा परेका परिवारको मैले जस्तो ब्यक्तिगत उद्धार गरेर देखाउनुहोस् ।’

कार्यक्रममा राष्ट्रिय दलित आयोगका निर्वतमान अध्यक्ष मन्जित ताम्राकारले दलितहरुको अधिकार कटौती गरिए र छुवाछुद विभेद कायमै रहेकोले अब दलितहरु बन्दुक बोक्नसमेत पछाडी नपर्ने चेतावानी दिए । रातोपाटीबाट

प्रकाशित मिति June 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।