नेपालकै होची २ फिटकी २५ बर्षीय गीताले गाइन् यति मिठो गित (भिडियाे)

पाेखरा १४ साउन- स्वयम्भु नजिकैको व्यस्त सडकमा पैदल हिँड्नेदेखि सामान किनबेच गर्नेसम्मको घुईंचो छ । यही व्यस्त सडकको एक छेउमा स्याङ्जाकी गीता भुषाल पनि हुनुहुन्छ ।

गिता शारिरीक रुपमा अशक्त उहाँले बिभिन्न प्रकारका खेलौना तथा उपहारका सामानहरु बेच्न राख्नुभएको छ । उहाँले सबै सामानहरु उहाँ आफैंले बनाउनुभएको हो । हातले बनाएका खेलौना, पर्स र क्यापहरु बेच्न राखिएका छन् । ऊनबाट बनाइएका यी सामानहरु हेर्दै किनौं किनौं जस्तो लाग्छ र कतिपयले किन्नुभएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘दुबै खुट्टा धेरै छोटा भएकाले हिँड्न मिल्दैन, यही ह्विलचियरले सघाएको छ ।’

गीता यसरी नै आफैंले बनाएका सामान बेचेर आयआर्जन गर्नुहुन्छ । उहाँलाई लाग्छ, मान्छेको दिमाग मात्र चले पनि मागेर खानु पर्दैन । उहाँ ह्विलचियरको सहायताले हिँडडुल गर्नुहुन्छ । ‘जन्मदै खुट्टामा समस्या थियो रे’, उहाँले भन्नुभयो, ‘दुबै खुट्टा धेरै छोटा भएकाले हिँड्न मिल्दैन, यही ह्विलचियरले सघाएको छ ।’ उहाँलाई ह्विलचिएर चलाउन पनि अरुकै सहायता गर्नुपर्न बताउनुभयाे । ।

रमाइलो कुराकानी भिडियोमाः

प्रकाशित मिति July 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।