हेर्दाहेर्दै खरिपाटीमा यसरी भयाे कार दुर्घटना

पाेखरा १३ साउन– तेलकोट–नगरकोट सडक बिस्तार शुरु भएको ६ वर्षसम्म पनि नबन्दा दैनिक सवारी दुर्घटना भएकाे छ । याे घटना खरिपाटीमाथि भएकाे हाे ।

आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यो सडकको स्थलगत अध्ययन गर्नुअघि खरिपाटीमाथि यसरी कार दुर्घटना भएको दृश्य देखियो । यस समय धेरै दुर्घटना भइरहेकाे जिल्ला प्रहाहन कार्यलयले बताएका छन् ।

हेर्नुहाेस् तस्विरः

थप समाचार

मलेसिया रोजगारी अनिश्चित, आन्दोलनमा व्यवसायी

पाेखरा १३ साउन- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले २०७५ जेठमा गरेको एक निर्णयपछि बन्द भएको मलेसिया रोजगारी हालसम्म पनि फेरि नखुल्दा मलेसिया रोजगारी नै अनिश्चित भएको छ । त्यति बेला मन्त्री विष्टले रोजगारीमा जाने युवाहरु ठगिएको भन्दै मलेसिया रोजगारी बन्द गरेकाे छन् ।

त्यसपछि गएको कार्तिक ११ गते मलेसिया र नेपालबीच शून्य लागतमा कामदार मलेसिया लैजाने समझदारी (एमओयू) भए पनि सो समझदारी कार्यान्वयन हुन सकेको छैन । सो समझादारी कार्यान्वयन गर्ने विषयमा छलफल गर्न बुधबार नेपाल र मलेसियाबीच हुने भनिएको द्विपक्षीय वार्तासमेत मलेसियाले स्थगित गरेपछि मलेसिया रोजगारीको भविश्य थप अन्यौल भएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले सरकारलाई मंगलबारसम्मको अल्टिमेटम दिएर मलेसिया रोजगारी खुलाउन चेतावनी दिएका छन् ।

बुधबार हुने भनिएको द्विपक्षयि वार्ता स्थगित भएपछि व्यवसायीले दिएको समयसीमा कुनै प्रगति नहुने भएको हो। आफ्ना मागबारे सरकारले सोमबारसम्म कुनै चासो नदेखाएको भन्दै मंगलबारदेखि व्यवसायीले आन्दोलन गर्ने तयारी गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिब सरोजकुमार पोखरेलले श्रम गर्न पाउने लाखौं नेपाली र इजजात लिएर व्यवसाय गर्न पाउने व्यवसायीको हक उल्लंघन भएको बताएका छन् ।

उनले सोमबार सार्वजिनक सूचना जारी गर्दै मंगलबार आन्दोलन गर्ने बताएका छन् । मलेसिया रोजगारी बन्द भएसँगै वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा निकै गिरावट आएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यद्यपी राष्ट्र बैंकको वित्तिय अवस्था प्रतिवेदनमा भने रेमिट्यांस बढेको देखाइएको छ ।

यसअघि हुण्डीबाट भित्रिने रेमिट्यांस हाल बैंकिंग प्रणालीबाट भित्रिएकाले रेमिट्यांसको भोलुम बढेको विज्ञहरुले बताएका छन् । खास गरि कोरियाबाट नेपाल भित्रिने रेमिट्यांस हुण्डीबाट भित्रिने गरेकोमा गएको आर्थिक वर्षदेखि बैंकिंग प्रणालीबाटै आउने गरेको छ ।

प्रकाशित मिति July 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।