१४ वर्षीय अनु बनिन् आमा ६५ बर्षिय बृद्दले बाबु स्विकारे

पाेखरा १३ साउन- ईलाका प्रहरी कार्यालय गढवाले दाङ्गको राजपुरमा एक बालिकाले जन्म दिएकि बच्चाको बुवा पत्ता लगाए ।

सुत्केरी बालिका अनु चौधरी नाम परिबर्तन ले जन्म दिएकि बच्चाको बुवा पत्ता लाग्न सकेको थिएन । पिडित पक्षले दिएको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक गिरिराज भण्डारीको नेत्रत्वमा खटिएको टोलिले साउन ९ गते अभियुक्त मान बहादुर चौधरीलाई प*क्राउ परेका छन् ।

प*क्राउ परेका राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी ६५ बर्षिय मानबहादुर चौधरीले उक्त बच्चा आफ्नै भएको स्विकार गरेका छन् । चौधरीले ९ महिना अघि सुत्केरी अनुलाई ललाई फकाई गरि जँगलमा करणि गरेको बयान दिएका छन् । प्रहरीले आधिकारिक पुष्टिका लागि अझै १० दिनको म्याद थप गरि अनुसन्धान शुरू गरेको छ ।

चौधरीले बोलेका कुरालाई मात्र आधार मानेर आधिकारिक पुष्टि हुन नसक्ने भन्दै थप १० दिनको म्याद थप गरि कडा अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख गिरिराज भण्डारीले जानकारी दिए । अदालतमा पुगेपछि पिडकले कुरा फेर्न सक्छन्, त्यसैले कडा अनुसन्धान गर्न लागिएको हो प्रमुख भण्डारीले भने(पुष्टि भए १४ बर्ष सम्मको जेल सजाए हुने बताएका छन् ।

जेल सजाए सँगै पिडित पक्षलाई क्षतीपुर्ती भराउने र बच्चाको पालन पोषणमा लाग्ने खर्च अभियुक्त चौधरीले व्यहोर्नु पर्ने कानुनि प्राबधान रहेको प्रहरी निरिक्षक भण्डारीले बताए । सुस्तमनस्थिती भएकि अनुले जन्म दिएकि बच्चाको पढाइ खर्च सरकारको हुने उनले जानकारी दिए । अनु यसरी बनिन आमाकलिलो उमेरमै राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी १४ वर्षीय अनु बिबाह बिनानै आमा बनेकि हुन् ।

जन्मिएको बच्चालाई स्याहार, सुसार गर्ने चेत सम्म छैन उनमा । किनकि उनी आफै एक बालिका हुन् । विगत छ बर्षको उमेरदेखी चौधरी अर्धचेत अवस्थामा छिन् । अलि स्पष्टता छैन बोलीमा । चौधरीको दिमागले पनि कुनैबेला भेउ पाउँदिन । अनुले गत असार अन्तिममा छोरीलाई जन्म दिएकी हुन् । दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी १४ बर्षिय अनु चौधरी अविबाहित मै एक सन्तानको आमा बनेकि हुन् ।

खरले छाएको सानो झुपडी । एकदिन काम नगरी घरको चुलो बल्दैन । एउटा गरिब परिवार । गरिबी जिन्दगी गुजारेका सुर्यबहादुर चौधरीका दुईछोरा र दुईछोरी छिन् । सन्तानको आमा बनेकी अनु सुर्यबहादुरकोे जेठि छोरी हुन् । आम्दानीको श्रोत भनेको ज्याला मजुरी हो ।

घरमा कमाउने अरु कोही छैन । बाल बच्चा सबै साना छन् । निकै दयनिय अवस्था छ चौधरीको । साँझ बिहानको छाक टार्ननै सकस । अरुको घरमा ज्यालामजदुरी गर्ने सूर्यबहादुर चौधरीले आफ्नै परिवारमा यस्तो बज्रपात पर्ला भनेर सोचेको पनि थिएनन् । कहाँ गएर रिपोर्ट गर्ने सम्म जानकारी नभएका चौधरीले अहिले न्यायको आभाष भएको बताए ।

थप समाचार

निर्दयी आमा जसले मकैबारीमा छोरा जन्माएर फालिन, यी आमाले गरिन शिशुको उद्धार (भिडियो)

बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज आयो। स्थानीय राम कुमारी राइ हेर्न गइन्। उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिन्। उन ले तत्काल प्रहरीको १०० नम्बर मा फोन गरेर सबै सुनाइन्। प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा प्रशाशन कार्यलयमा पुग्याे ।

प्रहरीले बेवारिशे अवस्थामा फालिएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो।अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ। डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटेको छ।अस्पतालले दिएको जानकारीअनुसार शिशुको स्वास्थ्य स्थिर छ भने डाक्टरकाे भनाइ ।

२ केजी २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन। घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले बताए। बुधबार राति कसैले शिशुलाई मकैबारीमा फालेको हुन सक्ने उनको अनुमान छ। हामीले उक्त स्थानमा पुगेर रिपोर्टिंग गरेकाे बताएका छन् ।

भिडियो हेर्नुहोलाः

प्रकाशित मिति July 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।