अमेरिकामा बस्ने  मनकारी दम्पत्ती : एकल महिलालाई उपहार दिए घर र बाख्रा

पाेखरा १३ साउन- भुकम्पले भत्काएका घर पुननिर्माण गर्न नसकी गोठमा बसिरहेका घुमारचोक तामाङ बस्तिका १० जना अति विपन्न एकल महिलाले नयाँ घर उपहार पाए । अमेरिकामा बस्दै आएका हेम पाठक र सरिता पाठक दम्पत्तीले स्थापना गरेको हेम सरिता पाठक एकेठेमी को पहलमा घुमारचोकमा १० वटा नमूना घर बनेका हुन् ।

कार्यक्रममा उनीहरुलाई नयाँ जीवनको लागि शुभकामना सहित साँचो र बाख्रा हस्तान्तरण गरेका हुन् ।

शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारचोकका दशजना विपन्न एकल महिलालाई नगरपालिका मेयर सुवर्ण श्रेष्ठ र हेम सरिता पाठक एकेडेमीका संरक्षक हेम पाठकले एक समारोहबीच नयाँ घरको साँचो र जिविकोपार्जनका लागि बाख्रा समेत हस्तान्तरण गरे । उग्रतारा मावि परिसरमा आयोजित उग्रतारा मावि परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई नयाँ जीवनको लागि शुभकामना सहित साँचो र बाख्रा हस्तान्तरण गरेका हुन् ।

चार वर्षअघिको भूकम्पले पूरानो घर भत्काइयदिएपछि ४७ वर्षीया सम्झना घलानले अर्को घर बनाउने आशा मारिसकेकी थिइन् ।राज्यले दिने ३ लाखले ओत लाग्ने घर बन्न सम्भव थिएन । तर शनिवार जब उनले पक्की घरको चाबी पाइन् त्यसपछि आँखाबाट हर्षका आँशु झरे उनका । चारवटा बाख्रा डोहो¥याउँदै नयाँ घर प्रवेश गर्न उकालो चढ्दै गरेकी राममाया मोक्तानाले नयाँ घर बनाएर बस्ने आशा मरिसकेको बेला आफूले सपनामा पनि नसकेको घर पाएको बताइन् ।

युएस नेपाल वेलकेयर सोसाइटी र गामाको आर्थिक सहयोगमा वडाध्यक्ष हितमान तामाङले अगुवाइ गरेर यस गाउँका अति विपन्न एकल महिलाका लागि १० वटा नमूना घर बनेका छन् ।

उनले अब नयाँ घरको अगाडि खोर बनाएर बाख्रा पाल्ने र खसी बेचेर जीवन गुजारा गर्ने योजना सुनाइन् । घरको चाबी थैलीमा राख्दै उनले हेम पाठक र सरिता पाठकलाई धन्यवाद दिइन्।अमेरिकामा बसोबास गर्ने हेम पाठक र सरिता पाठक दम्पतीले सामाजिक कामका लागि गठन गरेको हेम सरिता एकेडेमी,युएस नेपाल वेलकेयर सोसाइटी र गामाको आर्थिक सहयोगमा वडाध्यक्ष हितमान तामाङले अगुवाइ गरेर यस गाउँका अति विपन्न एकल महिलाका लागि १० वटा नमूना घर बनेका छन् ।

करीव ६ लाख रुपैयाको लागतमा भूकम्प प्रतिरोधी घर निर्माण भएको र लाभग्राही एकल महिलाको सूची वडा कार्यालय तथा स्थानीय अगुवा बसेर तय गरि हेम सरिता एकेडेमीलाई बुझाइएको उनले बताए । बस्ने घर दिएपछि आयआर्जनको लागि केही सहयोग होस भनेर आफूले वडाध्यक्षलाईनै आग्रह गरेर प्रति परिवार ५ वटा बाख्राका पाठाको व्यवस्था गर्न लगाएको पाठकले बताए ।

हेम सरिता पाठक एकेडेमीले यसअघि यहि घुमारचोक गाउँको तामाङ बस्तिका विपन्न जनतालाई आयआर्जनको कामका लागि १७ लाख रुपैया लगानी गरिसकेको वडाध्यक्ष तामाङले बताए

समय कम र गाउँभरि खोज्दा पनि प्रति परिवार ५ वटा बाख्रा पुर्याउन नसकिए पनि कम्तिमा तीन देखि ५ वटासम्म वितरण गरिएको उनले जानकारी दिए।हेम सरिता पाठक एकेडेमीले यसअघि यहि घुमारचोक गाउँको तामाङ बस्तिका विपन्न जनतालाई आयआर्जनको कामका लागि १७ लाख रुपैया लगानी गरिसकेको वडाध्यक्ष तामाङले बताए ।हेम सरिता पाठक एकेडेमीले बिगत करीव एक दशकदेखि काठमाडौंको यो बत्तिमुनीको अँध्यारोमा उज्यालो छर्ने प्रयास गरिरहेको मेयर श्रेष्ठले बताए ।

भुकम्पले भत्किएका घर पुननिर्माण गर्न नसकेर गोठमा बसिरहेका विपन्न एकल महिलाको लागि घर बनाउने काम सामान्य नभएको भन्दै उनले पाठक परिवारले वितरण गरेका बाख्राले ती महिलाको जिबिकोपार्जनमा सघाउने बताए।भ्रष्टाचारविरोधी अभियान चलाइ रहेका पाठकले दाताको सहयोगमा स्थानीय श्रम थपेर सदुपयोग गर्ने घुमारचोकका जनप्रतिनिधि र स्थानीय अगुवाको व्यवहारले आफूहरुलाई सामाजिक काममा लाग्न प्रेरित गरेको हेम सरिता पाठक एकेडेमीकी अध्यक्ष जेनी पाठकले बताइन् ।

उनले उग्रतारा माविमा आयोजित कार्यक्रममै यसवर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने एक छात्रालाई छात्रबृत्तिको घोषणा गरिन् । ६ वर्षअघिसम्म विद्यालय भवन र विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको उग्रतारा विद्यालय हेम सरिता पाठक एकेडेमीको सहयोगका कारण माध्यमिक तहको विद्यालय बनेको र यसले नगरपालिकाभरिकै उत्कृष्ट नजिता ल्याएको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका तामाङले बताए । पाठककै सहयोगमा उच्च मावि बनाउने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

हेम सरिता एकेडेमीकै पहलमै ५ वर्षअघि उग्रतारा विद्यालयमा नयाँ भवन बनेपछि यहाँ माविसम्मको पढाई शुरु भएको थियो । एकेडेमीले मावि तहको पठनपाठनका लागि सोही समयदेखि पाँच जना शिक्षकको तलब समेत व्यहोर्दै आएको छ । सो विद्यालयले नगरपालिकाभरिका अन्य विद्यालयलाई उछिनेर उत्कृष्ट नतिजा ल्याएको मेयर श्रेष्ठकाे भनाइ ।

यहाँका विद्याथीलाई पाठक परिवारले नगद पुरस्कार समेत दिए ।दाताको सहयोगलाई सदुपयोग गर्दा विद्यालय र गाउँको प्रगति कसरी हुन्छ भन्ने उदाहरण घुमारचोक बनेको छ । अमेरिकामा दुःख गरेर कमाएको रकम यो गाउँको विकासमा लगाएका पाठक परिवारले आफ्नो सहयोगलाई स्थानीयले श्रमदानबाट दोब्बर बनाएको भन्दै गाउँ तथा विद्यालयको विकासमा हालको सहयोग बृद्धि गर्दै लैजाने बचन समेत सोही कार्यक्रममा उपहार दिए ।

पाठकले भुकम्पबाट घर भत्किएपछि बेसहारा बनेका एकल महिलालाई नयाँ घरमा प्रवेश गराउँदै आफूले दिएका बाख्रा नबेच्न र काटेर नखान आग्रह गरे । उनले चाँडैनै उच्च मावि तहको पठनपाठन हुने गरि उग्रतारा विद्यालयलाई सहयोग थप्ने आश्वासन समेत दिए ।हाल सो विद्यालयमा करीव तीन सय विद्यार्थी अध्ययन गरिरहेको शिक्षक कृष्णचरण श्रेष्ठले बताउका थिए ।करीव डेढ दशकअघि अमेरिका पुगेका हेम पाठक र सरिता पाठक नेपालमा हुँदा सन्चार तथा राजनीतिक क्षेत्रमा क्रियाशील थिए ।

यसबीचमा हेम सरिता पाठक एकेडेमीमार्फत उनीहरुले घुमारचोकमा विद्यालय भवन बनाउनेदेखि ४० जना विपन्न परिवारलाई आयआर्जनका लागि २५ हजारदेखि १ लाख रुपैयासम्म दिएर स्वरोजगार बनाइसकेको वडाध्यक्ष तामाङले बताए । हेम सरिता एकेडेमीले बाजुराका अनाथ ३ जना बालवालिकालाई काठमाडौंमा पढाइरहेको छ भने झापाका सिमान्तकृत समुदायका १२ जना बालवालिकालाई बोर्डिङ स्कूलमा पढाएका छन् । एकेडेमीले भ्रष्टाचार बिरोधी सर्जक,अभियन्ता र पत्रकारलाई हरेक वर्ष सुशासन पुरस्कार दिएका छन् ।

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै श्रद्धा भाव राख्दै निम्न पाँच काम गर्नाले पनि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२.‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

३.त्यस्तै सोमबारको विहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति July 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।