इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् । पत्रकार विराट अनुपमसँग फोनमा भएको कुराकानीमा चौधरीले धम्क्याएका हुन् । ‘तिम्रो नाक भाँच्न १ करोड छुट्याइएको छु’ भन्दै मेयरले धम्की दिएका छन् ।
तिम्रो नाकको हड्डी भाँच्न १ करोड छुट्याएको छु’, उनले भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाँच्न एउटा घडेरी छुट्याएको छु ।’
आफ्नो फेसबुक पोस्टमा चाटुकार पत्रकार भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई अब तिम्रो नाकको हड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ भन्दै मेयरले धम्क्याएका हुन् ।
कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडांै पुगेका थिए ।
<iframe width=”946″ height=”529″ src=”https://www.youtube.com/embed/H-eophklTAI” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
प्रकाशित मिति June 4, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।