हनिमुन मनाइरहेको जोडी जब ज्वालामुखीमा फस्यो, श्रीमान नै ५० फिट तल खसेपछि…

पाेखरा १२ साउन- अमेरिकाको एउटा टापुमा एक जोडी हनिमुन मनाइरहेको बेला अचानक ज्वालामुखी जाँदा उनीहरुको जीवनमा अकल्पनीय घटना घट्याे ।

जुलाइ १८ को दिन फ्लोरिडाका क्ले चेस्टेन र उनकी पत्नी एकेमी हनिमुनका लगि क्यारेबियन सागरस्थित माउन्ट लियामाइगा पर्वतको सेन्ट किट्समा गएका थिए । सोही क्रममा अचानक ज्वालामुखी गयो । त्यसै बेला चेस्टेन आफू बसेको ठाउँबाट ५० फिट तल खसे । दुबैजना ३७०० मिटरको उचाइमा थिए ।

ज्वालामुखी नजिकै पुगेपछि क्ले तल खसेका थिए । यस बेला क्लेको साथमा घटनास्थलमा उनकी पत्नी भन्दा अरु कोही थिएन । उनले भन साहस बटुलेर पतिलाई उद्धार गरिन् । र ३.२ किलोमिटर पर बेससम्म पुर्याइन् । यतिन्जेलसम्म क्लेको टाउकोमा ठूलो चोट लागिसकेको थियो । जहाँबाट उनले २० लाख खर्चेर मेडिकल चार्टर्ड प्लेन बाुक गरी फ्लोरिडा पुर्याइन् । अहिले भने उनको उपचार भइसकेकाे बताएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार उनी खतरामुक्त भइसकेका छन् । एकेमीका अनुसार टाउकोमा चोट लागेपछि क्ले असाध्यै चिच्याएका थिए । तर त्यहाँ न कोही थियो, न त मोबाइल सेवा नै । तर क्लेले तीन घण्टाको बाटो बिस्तारै तल पुर्याइन् । दैनिक भास्करको उक्त समाचार अनुसार क्लेको टाउकोबाट धेरै रगत बगेको थियो । उपचारपछि अन्य ख*तरा नरहेको र चाँडै सन्चो हुने बताइएको छन् । श्राेत्रः अन्नपूर्ण पाेस्ट

प्रकाशित मिति July 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।