बलिउड मोडल समिम खान नेपाली म्युजिक ‘तिम्रो सहारा’ मा अभिनय गर्दै

पोखरा, १२ साउन- बलिउड म्युजिक भिडियोका चर्चित मोडल समिम खान नेपाली म्युजिक भिडियोमा देखिने भएका छन् । समिमले ‘तिम्रो सहारा’ बोलको नेपाली गीतबाट नेपाली म्युजिक भिडियोमा पहिलाे अभिनय गर्न गएका छन् ।

गीतको छायांकन पोखराको लेकसाइडमा भइरहेकोे छ ।

गीतको भिडियोमा उनले मोडल उकुषा गिरिसँग देखिने भएका छन् । अम्बिका गुरुङको शब्द रहेको गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । सुमन के. सी. र दीपा लामाको सुमधुर आवाज रहेको गीतलाई उत्सव दाहालले खिचेका छन् । गीतको छायांकन पोखराको लेकसाइडमा भइरहेकोे छ ।

प्रकाशित मिति July 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।