युरोपमा रमाउदै सुहाना

चलचित्र ‘ए मेरो हजुर–३’बाट चलचित्रमा डेब्यु गरेकी नायिका सुहाना थापा यतिबेला चर्चामा छन् । नेपाल प्रदर्शनमा दर्शकको मन जितेपछि चलचित्रलाई विदेश प्रदर्शनमा व्यस्त बनाइएको छ ।

चलचित्र यूरोपका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । जसका लागि आमा झरना थापा र नायिका सुहाना चलचित्र लिएर यूरोप पुगेका हुन् । चलचित्र नायिका तथा निर्मात्री झरना थापाले नै छोरी सुहानालाई चलचित्रमा प्रवेश गराएकी हुन्–चलचित्र ‘ए मेरो हजुर–३’ बाट । सुहानाले चलचित्रमा नायक अनमोल केसीको जोडीका रुपमा खेलेकी छिन् ।

अहिले चलचित्र प्रदर्शनकै शिलशिलामा यूरोप पुगेकी सुहानाका केही तस्वीरहरु सार्वजनिक भएका छन् । युरोपका विभिन्न सहरमा फिल्म प्रदर्शन सहभागी हुँदै गर्दा उनी घुम्नमा पनि त्यत्तिकै व्यस्त देखिएकी छिन् ।

प्रकाशित मिति June 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।