‘पैसा खाएर समाचार लेखेको’ भनेपछि उपमेयर र पत्रकारबीच विवाद

पाेखरा ११ साउन- दैनिकको बिहीबारको अंकमा ‘व्यक्तिका नाममा रहेको जग्गा सम्याउन गिटी बालुवा झिक्न दिने निर्णय भएको’ समाचार अाएकाे हुनाले…

तनहुँ शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुखले बोलाएको पत्रकार सम्मेलनमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार गरि उपप्रमुख सविता रसाइलीले शुक्रबार बोलाएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी तथा खबर वाटिका साप्ताहिकका सम्पादक समुन्द्र पौडेलमाथि हातपात,

‘पैसा खाएर समाचार लेखेको’ आरोप लगाएपछि विवाद सुरु

उपप्रमुख रसाइलीले मञ्चबाट पत्रकारलाई ‘पैसा खाएर समाचार लेखेको’ आरोप लगाएपछि विवाद सुरु भएको थियो। सो क्रममा स्थानीय बगैंचा युवा क्लबका युवाहरूले पत्रकारमाथि हातपात गरेका हुन्। तनहुँको ‘सेतीमादी’ दैनिकको बिहीबारको अंकमा ‘व्यक्तिका नाममा रहेको जग्गा सम्याउन गिटी बालुवा झिक्न दिने निर्णय भएको’ समाचार आएको थियो। समाचारमा उपप्रमुख रसाइली आर्थिक प्रभावमा परेर निर्णय गरेको आरोप लागाइएको थियो।

स्थानीय बगैंचा युवा क्लबलाई अघि सारेर यस्तो काम हुन लागेको समाचारमा उल्लेख छ। उक्त समाचारका विषय प्रतिवाद गर्न उपप्रमुख रसाइलीले पत्रकार सम्मेलन गरेकी थिइन्। बगैंचा युवा क्लबका सदस्य पनि पत्रकार सम्मेलनमा आएका थिए। पैसा लिएर समाचार लेखेको आरोप उपप्रमुखले लगाएपछि पत्रकारले प्रतिवाद गरेका थिए

। त्यसलगत्तै हलबाहिर रहेका क्लबका पदाधिकारीलाई उपप्रमुखले हलमा बोलाएपछि उनीहरू पत्रकारमाथि खनिएका थिए। नेपाल पत्रकार महासंघ तनहुँले पत्रकारमाथि हातपातसम्मको तहमा उत्रनु निन्दाजनक भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गरी महासंघले उपप्रमुख रसाइलीलाई सच्चिन भनेको छ।

म माथि आक्रमण हुन लागेको हो : उपमेयर

उपप्रमुख रसाइलीले भने आफूमाथि आक्रमण हुन लागेको दाबी गरिन्। पत्रकारमाथि हातपात नभएको बताइन् । ‘हातपात भएको छैन बरु होहल्ला चाहिँ भएको हो, डम्बरजी आक्रोशित भएर ममाथि जाई लागेपछि प्रहरीले बाहिर लगेको हो’,
‘सार्वजनिक जग्गामा काम गर्न लाग्दा त्यसलाई व्यक्तिको भनेर मिडियाले लेख्न मिल्छ?’

साविक खैरहनी गाविस हुँदा नै करिब १२/१३ रोपनी जग्गामा खेलकुद मैदान बनाउने निर्णय भएको उनले बताइन्। ‘म जनमत लिएर जनताको काम गर्न आएको प्रतिनिधि हो। मैले कतै भ्रष्टाचार गरेको प्रमाणित गरे सजाय भोग्न तयार छु’, उनले भनिन्, ‘तर सीमित व्यक्तिको स्वार्थमा लागेर मिडिया दुरुपयोग गर्न मिल्दैन, म यसविरुद्ध प्रेस काउन्सिल पनि जान्छु।’

खेलमैदान बनाउन लागिएको ठाउँमा गिट्टीबालुवा यताउता जान्छ कि भनेर जनप्रतिनिधिकै रोहबरमा काम भइरहेको उनले दाबी गरिन्। उनले आवश्यक परे पत्रकार सम्मेलनस्थलको सीसीटीभी फुटेज देखाउन आफू तयार रहेको बताइन्। नगरप्रमुख किसान गुरुङले भने पत्रकार सम्मेलनबारे जानकारी नभएको बताए। श्राेत्रः अन्नपुर्ण पाेस्टबाट

प्रकाशित मिति July 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।