हात समातेर रोकिरहिन् कट्रिना, सलमानलेे गरे ‘अपमान’

बलिउड नायक सलमान खान ‘भारत’को प्रोमोशनको सिलसिलामा रियालिटी डान्स शो सुपर डान्सर ३ को सेटमा पुगेका थिए । उक्त कार्यक्रममा सलमान खानले कट्रिनाको अपमान गरेको भारतीय मिडियाले दाबी गरिरहेका छन् ।
वास्तवमा, कट्रिना कैफले एक कोरियोग्राफरको तारिफ गरिन् जसले उनीसँग ठग्स अफ हिन्दोस्तानका लागि काम गरेकी थिइन् ।

कट्रिना कैफले ठग्स अफ हिन्दोस्तानको गीत ‘सुरैया’ को एउटा डान्स स्टेपका लागि करिब एक महिनासम्म अभ्यास गरेको कोरियोग्राफरले बताए । यता सलमानले एक महिनासम्म अभ्यास गर्नुपर्ने कस्तो डान्स स्टेप हो भनेर सोधे । उक्त स्टेप घुँडाले टेकेर उफ्रनुपर्ने भएकाले कट्रिनाले सलमानलाई उक्त डान्स स्टेप नगर्न सुझाइन् ।

डेक्कन क्रोनिकलसको एक रिपोर्ट अनुसार चुनौतीबाट पछि नहट्ने सलमान खान डान्स स्टेप गर्न आफ्नो कुर्सीबाट उठे । कट्रिनाले उनको हात समातेर रोक्न खोजिन् तर सलमान कट्रिनाको हात छुटाएर स्टेजतर्फ बढे ।

सलमान खान स्टेजमा पुगेपछि पनि कट्रिनाले पुनः माइकबाट उक्त स्टन्ट उनको घुँडाका लागि ठिक नभएको भन्दै यस्तो नगर्न सल्लाह दिइन् । तर जिद्दी सलमानले उक्त स्टेप गरेर मात्रै आफ्नो कुर्सीमा फर्किए ।

यो देखेर कट्रिनाको अनुहार मलिनो भयो । यसो गरेर सलमानले कट्रिनाको कुराको नजरअन्दाजमात्र गरेनन्, उनले एकैपटकमा निकै कठिन भनिएको उक्त डान्स स्टेप गरेर देखाइदिए । सलमानको डान्स एकप्रकारले कट्रिनाको एक महिनाको मेहनतमाथिको अपमान जस्तै भएको धेरैले बताइरहेका छन् ।

प्रकाशित मिति June 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।