लौ हेर्नुहोस बल्लै आयो ठेट तीज गीत ‘गेलेनको मादल’ (भिडियो)

पाेखरा ११ साउन- धनमाया दिसुवा मगर पाल्पा लोक आइडल २०७५ विजेता हुन् । उनको सुरीलो स्वर मन नपराउने सायदै कम होलान त्यसैले गर्दा पनि पाल्पा लोक आइडलमा सफलता प्रात गरिन् ।

पाल्पाको निस्दी गाँउपालिका घर भएकी दिसुवा सानैदेखि घरैमा घाँस दाउरा गर्दा देखिनै गीत गाउँदै हिड्ने गरेको र गीत संगीत प्रति रुची बढी राख्ने ,आफुमा पूर्ण विश्वास, सवैको साथ र सहयोगले गर्दा नै आइडल बन्न सफल भएकाे उनी दिसुवाकाे भनाइ । लोक आइडल भै सकेपछिको पहिलो एल्बम भनेकै गेलेनको मादल भएको छ उनको लागी ।

सुभतारा म्यूजीक प्रा.लीको सहयोगमा यो एल्बम गर्न सफल भएको बताइन् । गीतमा पुराना पुस्ताका पालामा मादल नपाउदा घरमा प्रयोग हुने ग्यालिन लाई थटाएरै मादल बजाइने गरिन्थ्यो भन्ने ब्यङ्ग्यामक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा चर्चित युवा गायक पुर्षोत्तम गैरेको लय, शब्द रहेको छ ।

धनमाया दिसुवालाई यस गीतको स्वरमा समेत साथ दिएका छन् पुर्षोत्तम गैरेले । उनको भिडियो अभिनय भने अहिलेका चर्चित हाँस्य कलाकार पुर्खे र सिर्जना मसराङ्गी ले गरेका छन् । यो गितमा तीजको वेला पुराना पुस्तामा गाइने गरिने क्रियाकलाप समेटर बनाइएको हुनाले पनि श्रोता दर्शकको रोजाईमा पर्नेमा धनमाया निकै आशाबादी रहेको बताउछिन् ।

हेर्नुहोस भिडियोः

प्रकाशित मिति July 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।