ट्राफिकलाई शक्ती देखाउने नेपाल आर्मीका हाकिमलाई जनताले सडकमै रामधुलाई… (भिडियोसहित)

काठमाडौ । राजधानी काठमाडौको धरहराबाट दाहनेतर्फको गल्ली हुँदै डल्लु जाने बाटोमा अलिक अनौठो दृष्य देखियो । साँधुरो बाटोमा पानीमा भिज्दै ट्राफिक जाम हटाई रहेका थिए एक ट्राफिक प्रहरी । केही पर नेपाल आर्मीका उच्च तहका अधिकृत आए र बीच बाटोमा नै बाईक छोडेर आफ्नो काममा गए ।

झण्डै ४५ मिनेटपछि ढल्किदै नेपाली सेनाका अधिकृत बाईक तर्फ आए र बाईक चलाएर लिएर जान खोजे । तर त्यो हुर्मत भइसकेपछि ट्राफिकले छोड्ने कुरै भएन

त्यहाँ लामो समय सम्म सडक जाम भयो । यात्रु रिसले मुर्मुरिए । ट्राफिक प्रहरी आएर बाईक कसको हो भनेर बारम्बार कराए । बाईकमा ह्याण्डल लक गरिएको थियो । केही स्थानीय र ट्राफिक मिलेर बोकेर हटाउन खोजे । तर सम्भव भएन । ट्राफिकले घर–घर, सटर–सटरमा सोधि सके की बाईक कसको हो ? तर कसैले जवाफ दिएन ।

रवाफ देखाउदै त को होस् मलाई चिनिस् भन्दै ट्राफिक प्रहरीतर्फ ति सेनाका अधिकारी खनिए ।

झण्डै ४५ मिनेटपछि ढल्किदै नेपाली सेनाका अधिकृत बाईक तर्फ आए र बाईक चलाएर लिएर जान खोजे । तर त्यो हुर्मत भइसकेपछि ट्राफिकले छोड्ने कुरै भएन । उच्च अधिकारी नै भएपनि ट्राफिकले बाईकको चावी खोसे । रवाफ देखाउदै त को होस् मलाई चिनिस् भन्दै ट्राफिक प्रहरीतर्फ ति सेनाका अधिकारी खनिए ।

त्यो देखेपछि सबै स्थानीय जनता नेपाल आर्मीका ती अधिकारीलाई सडकमै रामधुलाई गर्न खोजे । घम्साघम्सी, धकेलाधकेलमा पछि बाईकको चिट काट्ने सहमति जुट्यो र घटना साम्य भयो ।

भिडियो हेर्नुोस्

प्रकाशित मिति July 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।