सेल्फी खिच्ने क्रममा तामाकोसीमा खस्दा १९ बर्षिया सर्मिलाको मृ*त्यु

कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको

रामेछापमा सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेकी छन् । उनको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेर ज्यान गएको हो ।

कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

करिब पाँच किलोमिटर माथिबाट बगाएका उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक युवतीको शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति July 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।