पाेखरा, साउन १०– कुनै समय अत्यन्तै चर्चामा रहेको गीत ‘म तिम्रो शहर छोडि टाढा’ जाँदै छु गीत अञ्जु पन्तले गाएकी छन्।
गीतकार बिबि थापाको शब्दमा यो गीत २०५८ सालमा पहिलो पटक रेडियो नेपालमा बजेको थियो।
गीतलाई अत्यन्तै मन पराइएको थियो ।यो गीत प्रदिप राज पाण्डेले गाएका थिए। तर अहिले बनेको रिमेक गीतमा भने अञ्जु पन्तले स्वर दिएकी हुन् ।
यो गीतको संगीत नातिकाजी श्रेष्ठको रहेको छ। गीतलाई मनोज चौलागाईले एरेञ्ज गरेका छन्। गीतको भिडियोमा जेबिका कार्की र प्रदिप बास्तोलाको जीबन्त अभिनय रहेको छ ।
हेर्नुहाेस् भिडियाेः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।