घरबाट हराइरहेका गहना, प्रहरीले होइन, डाक्टरले अपरेशन गरेर मिलाए केश

पाेखरा १० साउन । मानसिक रुपमा विमारी भएका मानिस कति हदसम्म जान सक्छन् भन्ने कुनै सीमा हुँदैन। मेडिकल साइन्समा मानसिक रोगीसँग सम्बन्धित यस्ता किस्सा छन् जसमा विश्वास गर्न गाह्रो हुन्छ। भारतको पश्चिम बंगालको बीरभूम जिल्लाका एउटा यस्तै घटना सार्वजनिक भएको छ।

त्यहाँको रामपुरहात महकमा अस्पतालका डाक्टरले मानसिक रोगी जुली खातुनको अपरेशन गर्दा उनको पेटबाट सुन र चाँदीका करिव ९० वटा गहना र १० वटा सिक्क फेला परे।

बिमारीको पेटबाट आश्चर्यमा पार्ने चीज नस्किएपछि उक्त क्षेत्रमा मानिस चतिक परे। डाक्टरले यस्तो अपरेशन आफ्नो जीवनको पहिलो अपरेशन भएको बताएका छन्। एक मिडियो रिपोर्टका अनुसार जुली जुली निकै समय पहिलादेखि मानसिक रोगसँग लडिरहेकी थिइन्।

उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारका सदस्यले रामपुरहाट महकमा अस्पतालमा भर्ना गराए। प्राथमिक उपचारपछि उनको पेटको अपरेशन गरियो। अपरेशन रिपोर्टले उनको पेटभित्रै केही चीज रहेको देखायो।

केही दिन पहिला उसले आफ्नो पेट दुखेको भन्दै परिवारका सदस्यलाई सुनाएकी थिइन्। उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारका सदस्यले रामपुरहाट महकमा अस्पतालमा भर्ना गराए। प्राथमिक उपचारपछि उनको पेटको अपरेशन गरियो। अपरेशन रिपोर्टले उनको पेटभित्रै केही चीज रहेको देखायो। डाक्टरले तत्काल अपरेशन गर्ने निर्णय गरे। अपरेशनका क्रममा जब विमारीको पेटभित्रबाट जे चीन निस्किए त्यो देखेर डाक्टर हेरेको हेर्यै भए।

जुली खातुनको पेटबाट सुन–चाँदी तथा अन्य धातुका १ किलो ६८० ग्राम र ६० वटा सिक्क फेला परे।

मानसिक रुपमा स्वस्थ्य नभएका कारण उनले आफ्नो परिवारजन र छिमेकीको गहना निल्ने गरेको पाइयो। धेरै पटक छिमेकीले आफ्नो गहना हराएको रिपोर्ट प्रहरीलाई गर्थे। तर कतै पनि फेला गर्दैन थिए। महिलाको अपरेशनपछि अब समस्याको समाधान भएको छ। अहिले उनको स्वास्थ्य विस्तारै ठिक हुदै गएकाे छ ।

प्रकाशित मिति July 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।