मेरी बास्सैमा बल्छी धुब्रे र राजु मास्टर यस कारण हराए  (भिडियो)

पाेखरा १० साउन । नेपाली हाँस्य श्रिङ्खलाका बल्छी धुर्वे र राजु मास्टरले हास्य टेलिश्रृंखला मेरी बास्सै छोडिसकेकाे छन् । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय टेलिश्रृंखला मेरी बास्सैमा अभिनयसँगसँगै निर्देशन पनि गर्दै आएका प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएको घोषणा गरेका हुन् ।

मिडिया हबले भने राजु मास्टर र बल्छी धुर्वे मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा बढी व्यस्त हुन थालेको आरोप लगाएका छन् ।

कार्यक्रम उत्पादक मिडिया हबसँग केही कुरामा चित्त नबुझेपछि उनीहरु अलग भएका हुन् । उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका छन् । तर, मिडिया हबले भने राजु मास्टर र बल्छी धुर्वे मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा बढी व्यस्त हुन थालेको आरोप लगाएका छन् ।

उनीहरुले सहमतिमै टेलिश्रृंखला छोडेको मिडिया हबको भनाइ छ । करिब एक दशक अघि सुरु भएको यो श्रृंखला सीताराम कट्टेल (धुर्मुस) तथा केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । पछि उनीहरुमा पनि विवाद देखिएपछि बल्छी धुर्वे र राजु मास्टरले यसको जिम्मेवारी पाएका थिए ।

तल राखिएकाे भिडियो हेर्नुहोस…

प्रकाशित मिति July 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।