औंलामा भएका चक्र हेरेर थाहा पाउनुस् आफ्नाे भविष्य

पाेखरा १० साउन- ज्योतिसशास्त्र अनुसार, कुनैपनि मानिसको हस्तरेखा हेरेर उसको स्वभाव तथा भविष्य थाहा पाएका छैन्न । हस्तरेखा जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने ज्यातिस विज्ञानमा पनि बताइएकाे छ ।

हातमा कस्तो रेखा हुँदा के हुन्छ ?

जौको चिह्न : समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, यदि कुनै ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह छ भने त्यो व्यक्ति एकदमै धनीर सुखी हुन्छ । अनि त्यस्ता व्यक्ति भाग्यमानी र समाजमा प्रतिष्ठित समेत हुन्छन् ।

शंखको चिह्न : समुन्द्र शास्त्र अनुसार, हातमा शंखको चिन्ह हुने व्यक्तिलाई पनि भाग्यमानि मानिन्छ । उनिहरु बुद्धीमान हुन्छन् । शास्त्र अनुसार, जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी तथा अन्य उच्च पद सम्हालने हुन्छन् । यदि ५ बटै औंलामा त्यस्तो चिन्ह छ भने उनिहरु स्वदेश तथा विदेश यात्रा गरिरहन्छन् । अनि जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ उनिहरु अध्यात्मिक प्रवचनमा तीक्ष्ण हुन्छन् । ८ वटा शंख हुने सुखी र धनी हुन्छन् भने १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छन् ।

चक्रको चिह्न : कुनैपनि व्यक्तिको एउटा औंलामा चक्र भएमा विद्वान हुन्छ । दूईवटा औंलामा चक्र छ भने सुन्दर हुन्छन् । तीन वटा औंलामा चक्र हुने ब्यक्ति सुखी र भोग विलाशी हुन्छन् । हातको १० वटै औंलामा चक्र छन् भने मान्नुस् त्यस्ता ब्यक्ति संसार जित्ने खालका ब्यक्ति हुन्छन् ।

प्रकाशित मिति July 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।