कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने भएको छ। इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन बुझाएर अनुदान लिन सक्ने कुरा केन्द्रले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ।
इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन दिन पाउने र अनुदान प्राप्त गर्न कृषकको हकमा कम्तीमा ५ रोपनी जग्गामा र समूह, सहकारी वा सामुदायिक बीउ बैङ्क व्यवस्थापन समिति हो भने कलष्टरमा कम्तीमा २० रोपनी जग्गामा रैथाने बालीको खेती गरेको हुनुपर्नेछ ।
बिस्तृत जानकारीको लागि कृषि ज्ञान केन्द्र,दमौली, तनहुँ: ०६५- ५६०१३० मा सम्पर्क गर्न सकिनेछ । इमेल: [email protected]
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।