छोरा विदेशमा अलपत्र आमा बुवा नेपालमा रूँदै (भिडियो)

पाेखरा ९ साउन : जंगलको बिचमा एक्लो घर बिदेशमा छोरा नौं बर्ष सम्म अलपत्र अनी नेपालमा बाल बच्चाको बिचल्ली एस्तो दुख कसैलाई नपरोस ।

उनी सल्यानका अमर सिंह ओली उमेरले अहिले ७३ बर्षका पुगे । उनको छोरा बिदेश गएको अहिले नौ बर्ष पुग्यो बुवा रुदै सुनाउछन पहिला कतार गयो । कतार बाट ६ महिनामै फर्कीयो त्यस पछी मलेसिया गयको अहिले ८ बर्ष भयो।उ बिदेश जाँदा लियको ॠण पनी तिरेको छैन।

छोरा नफर्कीए पछी बृद्ध बा आफै ॠण तिर्ने सपना बोकेर भारत तिर लागे तर सोचे जस्तो कहाँ हुन्थ्यो र बुढेसकालले छोई सकेका बा लाई टाउको दुख्ने ज्वरो आउने जस्ता रोगले सताई रह्यो । त्यस पछी उनी नेपाल फर्कीए। भन्छन नी दुखीलाई दुखले कहिंलै छोड्दैन त्यही भनेजस्तै भयो यि बृद्ध बालाई जेठो छोराको करेन्ट लागेर हात गुमेको छ ।

कान्छो छोरा बिदेश गयको फर्कियकै छैन। छोरा विदेशमा अलपत्र आमा नेपालमा नौ वर्ष रोयर बितेको छ ।

भिडियाे हेर्नुहाेसः

प्रकाशित मिति July 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।