छबि र शिल्पा सम्पर्क बिहिनः धमलाले खाेले रहस्य…अब के हुन्छ ? (भिडियाे)

पाेखरा ८ साउन, नेपाली अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिं*सा भएको भन्दै निर्माता छविराज ओझासँग डिभोर्सका लागि प्रक्रिया चालिरहँदा छविकी जेठी श्रीमती ५३ वर्षीय हेमा ओझाले पनि मु*द्दा दायर गरेकी छिन् ।

अन्तिमकाे भिडियाे हेर्नुहाेस्,

हेमाले आइतबार शिल्पा र छवि दुवैलाई तत्काल प*क्राउ गरेर कारवाही अघि बढाउन महानगरिय प्रहरी वृत्त गौशलामा छवि र शिल्पाविरुद्ध बहुविवाहको मु*द्दा दायर गरेकी हुन् । हेमातर्फबाट छविका २ छोरा छन् । अधिवक्ता स्वागत नेपालकाे लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मु*द्धा दायर गरेकी हुन् ।

पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मु*द्धा हालेको हेमाले दिएको निवेदनमा उल्लेख छ । केही साताअघि शिल्पाले आफूमाथि घरेलु हिं*सा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उ*जुरी दिएकी थिइन् ।

मिडियादेखि सामाजिक सञ्जालसम्म अहिले उनीहरुबीचको सम्बन्धबारे पक्ष विपक्षमा वाद–विवाद चलिरहँदा घटनाले फेरि नयाँ मोड लिएको छ । शिल्पाको पक्ष–विपक्षमा टिप्पणी भइरहँदा अब उनीहरु दुवैविरुद्ध सार्वजनिक रुपमा आलोचना हुन थालेको छ ।

भिडियाे हेर्नुहाेस्रः

प्रकाशित मिति July 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।