पहिला कुखुरा आयो की अण्डा ? पत्ता लाग्याे नयाँ रहस्य (प्रमाण सहित)

पाृखरा, ८ साउन । विश्वमा कुखुरा पहिला आयो की अण्डा भन्ने प्रश्नको जवाफ आज सम्म कसैले यकिनका साथ भन्न सकेका छैनन् ।

तर, हालसालै भाइरल बन्दै गएको एक भिडियोबाट यस प्रश्नको जवाफ प्राप्त भएको छ । झण्डै १,४१८, ९५३ जना मानिसले हरिसकेको यस भिडियोमा एउटा ठूलो आकारको अण्डा भित्रबाट पनि अर्को सानो अण्डा नै निस्किएको देख्न सकिन्छ ।

सामान्य अन्डा जस्तै देखिने यी दुवै अन्डाबीच आकारमा मात्र भिन्नता रहेको छ । यस भिडियोलाई करिब दुई वर्षअघि युटुबमा अपलोड गरिएको थियो । यस्तो घट्नालाई वैज्ञानिकले पनि स्वीकारेका छन्।
वैज्ञानिकका अनुसार यस्तो प्रकारको घट्नालाई काउन्टर कन्ट्रयाक्सनस पेरिस्टेलेसिसा भनिन्छ । जसमा कुखुराको रिप्रोडक्टिभ सिस्टम अनुसार पहिलो अन्डा पार्नु अघि नै दोस्रो अन्डा बाहिर आउँछ, जहाँ दोस्रो अन्डाले पहिलो अन्डाको वरिपरी एक प्रकारको खोल जस्तो बनाउँदछ ।

यस्तो प्रक्रिया कुखुराको लागि निकै कठिन छ, किनकी यस्तो प्रक्रियाले गर्दा सामान्य अन्डा भन्दा निकै ठूलो अन्डा उत्पन्न हुन जान्छ । यस अघि पनि विश्वमा कुखुरा पहिले जन्मिएको र पछि त्यसले अण्डा दिन सुरु गरेको बैज्ञानिकहरुले दाबी गरेका थिए । तर यस कुरामा पनि पर्याप्त तथ्य भने फेला परेको छैन ।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति July 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।