ललितपुरमा भयानक दुर्घटना: दुई जनाको मृत्यु

ललितपुरको सानेपामा भयानक दुर्घटना भएको छ । आइतबार अपरान्ह तीनवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको ज्यान गएको नर्भिक अस्पतालले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

सुरुमा दुइवटा जिप ठोक्किँएको र त्यसपछि अनियन्त्रित भएर थप एक जिप र मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति June 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।