पोखरामा भ्यागुताको बिहेः २ सय बढी जन्ती, महिलाहरु रत्यौली देखि भोजभतेर टीकाटालोसम्म (भिडियोसहित)

भ्यागुतोको बिहे, त्यो पनि धुमधाम साथ । दुई सय बढी जन्ती, भोजभतेर सहित टीकाटालो । जग्गे सहित पण्डितले हवन गरे। महिलाहरु रत्यौली खेले अनि पुरुषहरु जन्ती गए

मानिसको बिहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको बिहे कहिलेकाहीँ सुन्नुभएको होला ।
त्यस्तै, अचम्मको बिहे भएको छ, पोखरामा।

भ्यागुतोको बिहे, त्यो पनि धुमधाम साथ । दुई सय बढी जन्ती, भोजभतेर सहित टीकाटालो । जग्गे सहित पण्डितले हवन गरे। महिलाहरु रत्यौली खेले अनि पुरुषहरु जन्ती गए । त्यसपछि सकियो भ्यागुताको बिहे ।

साउन पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी नपरेर धान रोप्न नपाएपछि वर्षाका देवता ईन्द्रदेव खुसी पार्न किसानले भ्यागुताको बिहे गरिदिएका हुन्। पोखरा ३२, मालेपाटनका किसानले एकजोडी भ्यागुतालाई सिंगारेर बिहे गराएका हुन् ।

बाँकी भिडियोमाः

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।