नेपाली गीत संगीतमा चोरी को खबर बढ्दो छ । हिजो सार्वजनिक भएको फिल्म कबड्डी कबड्डी कबड्डीको गीत ‘दुबो फुल्यो’ बोलको गित आलोक श्रीको संगीत रहेको एक गीतसँग मिलेको अारोप लागेको छ ।
संगीतकार योगीसँग कुराकानी गर्दा उनले गीत मिलेको स्वीकारेको बताए । र आगामी प्रक्रियाका लागि फिल्मको टिमसँग नै बसेर कुराकानी गर्ने जानकारी दिएका छन् ।
काली प्रसाद बास्कोटा र शर्मिला वर्देवाको आवाज रहेको ‘बाटो’ एल्बममा समावेस गीत कैले फोटो सिरानीमासँग मिल्न गएको हो । कबड्डीको गीतमा हेमन्त राना र हृतिका श्रेष्ठको आवाज, एस डी योगीको संगीत छ ।
‘कैले फोटो सिरानीमा’का संगीतकार आलोक श्रीले गीत मिलेको बताएका छन् । संगीतकार योगीसँग कुराकानी गर्दा उनले गीत मिलेको स्वीकारेको बताए । र आगामी प्रक्रियाका लागि फिल्मको टिमसँग नै बसेर कुराकानी गर्ने जानकारी दिएका छन् ।
‘दुबो फुल्यो’ का संगीतकार योगीको भनाइ भने केही फरक छ । साथै केही नोट मिले पनि थाहा पाएर कपि नगरेको र श्रीले भने जस्तै पुरै गीत कपी नभएको बताए ।
हेर्नुहोस् दुबै भिडियोः
कैले फोटो सिरानीमा
दुवो फुल्यो
प्रकाशित मिति July 23, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।