हट अभिनेत्री कोएना मित्रालाई ६ महिनाको जेल सजाय हुनुकाे रहस्य यस्ताे रहेछ…

पाेखरा साउन ७ । बलिउड अभिनेत्री कोएना मित्रालाई मुम्बइ महानगर मजिस्ट्रेट अदालतले ६ महिनाको जेल सजाय जारी गरेकाे छ।

पुनमले २०१३ मा कोएनाविरुद्ध चेक बाउन्सको मु*द्दा हालेकी थिइन् ।

यसअघि अदालतले उनलाई १ लाख ६४ हजार ब्याजसहित ४ लाख ६४ हजार भुक्तानी गर्न आदेश दिएको थियो । मोडल पुनम सेठीले दिएको चेक बाउन्स सम्बन्धी मुद्दाको फैसला गर्दै अदालतले यस्तो सजाय सुनाएको हो । पुनमले २०१३ मा कोएनाविरुद्ध चेक बाउन्सको मु*द्दा हालेकी थिइन् ।

पुनमका अनुसार कोएनाले उनीसँग केही समयको अन्तरालमा पटक–पटक गरी २२ लाख रुपैयाँ सापटी लिएकी थिइन् ।

यसैमध्ये केही रकम फिर्ता गर्नको लागि कोएनाले पुनमलाई ३ लाख रुपैयाँको चेक दिएकी थिइन् जुन चेक बाउन्स भयो । चेक बाउन्स भएपछि पुनमले कोएनालाई पैसा फिर्ता गर्न सूचना दिएकी थिइन् ।

तर कोएनाले पैसा फिर्ता नदिएपछि उनले अगष्ट २०१३ मा मु*द्दा दर्ता गराइन् । सुनुवाइको क्रममा कोएनाले सबै आरोप अस्वीकार गरेकी थिइन् । कोएनाले पुनमको आर्थिक स्थिति २२ लाख सापटी दिन सक्ने नभएको भन्दै उल्टै पुनममाथि नै चेकबुक चोरीको आरोप लगाएकी थिइन् । तर, अदालतले उनको आरोप खारेज गरेको छ ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।