हेमा बिरामी भएर, शिल्पा र छविविरुद्ध बहुविवाहको उ*जुरी दिन नसक्ने अवस्थामा

पाेखरा – शिल्पा र छविविरुद्ध बहुविवाहको उ*जुरी दिन काठमाडौं आएकी हेमा बिरामी,

नेपाली नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध बहुविवाहको उ*जुरी दिन विराटनगरबाट काठमाडौं आएकी हेमा ओझा एकाएक बिरामी परेपछि उ*जुरी प्रक्रिया प्रभावित बनेको छ ।

‘गौशाला वृत्तले उ*जुरी महिला सेलमा दर्ता गर्न भनेको छ, तनावले होला, उहाँ अहिले बिरामी भएर उ*जुरी दिन जान पनि नसक्ने अवस्थामा हुनुहुन्छ,’

छविराज ओझाकी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा उ*जुरी दिएकी थिइन् । गौशाला वृत्तले कालीमाटी प्रहरीको ‘महिला सेल’मा उजु*री दर्ता गर्न भन्दै फिर्ता गरेको थियो । विराटनगरबाट उ*जुरीका लागि काठमाडौं आएकी हेमा बिरामी परेको उनका अधिवक्ता स्वागत नेपालले जानकारी दिए । ‘गौशाला वृत्तले उ*जुरी महिला सेलमा दर्ता गर्न भनेको छ, तनावले होला, उहाँ अहिले बिरामी भएर उ*जुरी दिन जान पनि नसक्ने अवस्थामा हुनुहुन्छ,’। नेपालले भने, ‘शायद पर्सिसम्म उहाँलाई निको हुन्छ होला, त्यसपछि उ*जुरी दर्ता हुन्छ ।’ यता प्रहरीले पनि अहिलेसम्म उजुरी नपरेको खबरहबलाई जानकारी दियो ।

अधिवक्ता नेपालले हेमा बिरामी भएका कारण कागजमा हस्ताक्षर गर्न पनि नसक्ने अवस्थामा पुगेको बताए । हेमाले आफ्ना पूर्वपति छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मु*द्दा दर्ता गरेकी थिइन् । अब त्यो उ*जुरी कालीमाटी वृत्तमा पुग्नेछ । छविराज ओझाकी चौँथी पत्नी शिल्पा पोखरेलले बिहे गरेको एक महिनादेखि छविराज ओझाले आफूलाई कुट्ने तथा घरेलु हिं*सा गरेको भन्दै गत असार २५ गते प्रहरीमा उ*जुरी दिएकी थिइन् ।

उनले दिएको उ*जुरीका आधारमा प्रहरीले दुवै पक्षबीच मिलापत्र गराएको थियो । मिलेर गइसकेपछि शिल्पाले फेरि पारपाचुकेको प्रक्रिया अगाडि बढाएकी थिइन् । सोही प्रक्रिया चलिरहँदा यता ओझाकी पहिली पत्नीले बिहेको प्रमाण भेटिएको भन्दै छवि र शिल्पाविरुद्ध बहुविवाहको मु*द्दा दर्ता गराउन लागेकी हुन् ।

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।