कांग्रेस महामन्त्री खड्काले दलितसँग भोज खाएर थाल आफैंले माझे

नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै उक्त दिवस मनाउने गरिन्छ ।

विपी कोइरालाले २००९ साल जेष्ठ १० गते देखि थालनी गरिएको उक्त कार्यक्रम अनुसार नै शुक्रबार भक्तपुर काँग्रेसले दलित बस्तिमा सवै जात जातीका एकै स्थानमा भेला भएर एकै भान्सामा खाने सहभोजको आयोजना गरेको हो ।

नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काले विपीले थालनी गर्नु भएको आजको दिनलाई निरन्तरता दिदै सवै विच समता एवं भाईचाराको लागि नै सहभोजको आयोजना गरिएको जानकारी दिए ।

सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए । हामी एकै भान्सा सँगै बसेर पकायौं र सँगै बसेर खायौं पनि कसैको जात सानो र ठुलो भएन यसैले जातिय विभेद केवल कु संस्कार हो यसलाई नचिरे सम्म समाजको विकास नहुने उनले बताए ।

सहभोजका क्रममा महामन्त्री पूर्णवहादुर खड्का लगायत सम्पूर्ण सहभागीले आफुले खाएको थाली आफैले माँझेका थिए ।

प्रकाशित मिति May 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।