२० वर्षकी युवतीले कार किन्न गरिन् यस्तो हर्कत, यस्तो हर्कत, उनको कर्तुत सुन्दा संसार चकित

पाेखरा साउन ७ । जर्मनीकी एक २० वर्षीया युवतीले निकै सनसनीपूर्ण काम गरेकी,

उनको यो चलाखीको देश विदेशमा निकै चर्चामा अाएकाे छ । क्यासरस्लार्टनमा एक युवतीले कार किन्नको लागि इंकजेट प्रिन्टरबाट १५ हजार युरो (साढे १८ लाख नेपाली रुपैयाँ) बराबरका नोट छापिन् ।

डिडब्लुको समाचार अनुसार नोट छापेपछि उनी कारको शोरुम पुगिन् । कार रोजेपछि भोलिपल्ट आउने भनेर फर्किन् । भोलिपल्ट उनी शोरुम पुगेर टेस्ट ड्राइभ गरिन् त्यसपछि १५ हजार यूरोका नोट दिइन् । यी नोटहरु ५० र १०० यूरोका थिए ।

यी सबै नोटहरु इंकजेट प्रिन्टरबाट छापिएका थिए । शोरुमका कर्मचारीले नोट गन्न थाले । यही क्रममा उनलाई नोट नक्कली भएको आशंका भएपछि उनले आफ्ना अधिकारीलाई यसको सूचना दिए । सूचना पाएपछि पुगेको पुलिसले युवतीलाई गिरफ्तार गरेर हिरासतमा राखेका छन् । युवतीलाई यसको लागि १ वर्ष जेल सजाय हुन सक्ने सम्भावना रहेकाे बताएका छन्।

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।