नेपालमा बन्ने भो संसारकै लामो केवलकार

नेपालमा विश्वकै सबैभन्दा लामो दुरीको केवल कार बन्ने भएको छ । कास्कीको बिरेठाँटीदेखी धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म बन्ने केवलकार विश्वकै सबैभन्दा लामो दुरीको केवल कार हुने दाबी निर्माण कम्पनीको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म झण्र्डै ८४ किलोमिटर लामो यात्रुवहाक केवलकार निर्माणका लागी अहिले विस्तृत् परियोजना प्रतिवेदन निर्माण कार्य सुरु भएको छ ।

मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुका अनुसार यो परियोजनाको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको छ। नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य अहिले चलिरहेको छ ।

अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने छ । यो काम सकिएपछि ६ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता ९पीडीए० को काम अघि बढ्नेछ । उनका अनुसार सम्झौताको छ महिनाभित्र केवलकार निर्माणका लागि वित्तीय व्यवस्थापन गरी निर्माण कार्य सुरु गरिने र तीन वर्षभित्र निर्माण कार्य सम्पन्न हुने लक्ष्य छ ।

सो केवलकार निर्माणका लागि यसअघि नै फिजिविलिटी, जियोमेट्रिक लगायतको अध्ययन कार्य सम्पन्न भइसकेको छ । यसअघि भएका अध्ययनले सो केवलकार निर्माणको कुल लागत करिब ५० अर्ब रुपियाँ हुने देखाएको छ ।

कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा सञ्चालनका लागि २०७५ भदौ २७ गते लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शन केवलकार प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन केवलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारी पत्रमा हस्तक्षर गरेका थिए ।

प्रकाशित मिति June 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।