‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत ‘दुबो फुल्यो’ सार्वजनिक (भिडियो)

पाेखरा, ६ साउन । यहि भदौ १३ गते देखि प्रदर्शन हुने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक,

‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बोलको पहिलो गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ। फिल्मका निर्दशक रामबाबु गुरुङ हुन् ।

यस गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत रहेको यस गीतमा हेमन्त राना र रितिका श्रेष्ठको आवाज रहेको छ ।

गीतलाई रेनेशा वान्तवा राइले कोरियोग्राफी गरेकी छिन ।शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा दयाहाङ राई, रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ, लगायतका कलाकारहरुओ मुख्य भूमिका रहेको बताएका छन् ।

फिल्म निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन्।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति July 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।