विदेश गएको श्रीमान छोडेर फेसवुक मार्फत केटासंग भाग्दा झण्डै पुगिन् कोठीमा

पाेखरा, ६ साउन । परिवारकै सदस्यलाई खुसी खोज्न विदेश गएका श्रीमानलाई धोका दिएर फेसवुकमा लभ परेको केटासंग भाग्दा एक युवती झण्डै बेचिएकी छन् । श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालेकी थिइन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् ।

उनलाई माइती नेपालले उद्दार गरेर परिवारको जिम्मा लगाएको छ । पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी एक युवती श्रीमान विदेश गएपछि फेसवुकमा कुरा गर्दागर्दै केटाको झुटो मायामा परिन् । विवाह गरेपछि सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो ।

भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।

तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमानलाई वैदेशिक रोजगारीमा पठाइन् । यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।

फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर

श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालेकी थिइन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् । भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।

‘हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२र३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।’ विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।

प्रकाशित मिति July 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।