आज दरबार हत्याकाण्डको १८ वर्ष : कसले मच्चायो नरसंहार, किन खोजिएन रहस्य ?

राजा विरेन्द्रको वंशनास हुने गरि दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।

राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरेपनि अझै हत्याको यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको प्रतिवेदन आउन सकेको छैन्।

तत्कालि छानविन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । तत्कालिन छानविन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा विरेन्द्रको वंश नाश गरेको मानिन्छ । तर, यो प्रतिवेदनको दाबीलाई अहिले पनि आम नागरिक मान्न तयार छैनन् ।

घटनाको निष्पक्ष छानविनको पटक पटक माग हुँदै आएको छ । अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको १८ वर्षमा दर्जनौ सरकार फेरिदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन् । जनस्तरबाट अहिले पनि छानविनको माग हुँदै आएको छ।

प्रकाशित मिति June 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।