बेहुला विवाह मण्डपमै पब्जी खेल्न व्यस्त, बेहुली हेरेको हेरै

पब्जीमा युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनेेेको छ ।

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

उक्त भिडियो झण्डै ५ लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

प्रकाशित मिति June 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।