गरिबको घरमाः बत्ती र पंखा चलाउदाँ १ अर्ब २८ करोडको बिजुलीकाे बिल आएपछि,

पाेखरा। घटना भारतको उत्तर प्रदेश राज्यको हापुड जिल्लाको हो ।

घरमा बत्ती बाल्नेर पंखा चलाउने बाहेक अन्यकाममा विद्युत प्रयोग नगर्ने उपभोक्ताको घरमा १ महिनाको बिजुलीको बिल कति आउला ? तर, एक किसानको घरमा १ अर्ब २८ करोड ४५ लाख ९५ हजार ४ सय ४४ रुपैयाँको बिजुलीको बिल आएपछि ती उपभोत्तःा डराए ।

शमीम नामका ती उपभोक्ताको घरमा उति धेरै रकमको बिल आएपछि उनी आत्तिए । उनले बिल तिर्न सक्ने कुरै भएन । यतिमात्र होइन उनले समयमा बिल तिर्न नसकेपछि उनको घरको लाइन नै काटिएको छ । बिल विद्युत विभागको गल्तीका कारण यति धेरै रकमको बनेको हो ।

यदि पीडित उपभोक्ताले उनीहरुलाई बिल उपलब्ध गराएमा सिस्टममा सुधारपछि सही बिल जारी गरिनेछ ।

शमीमका अनुसार कोही उनको कुरा सुन्न तयार छैनन् ।सहायक विद्युत अभियन्ता राम शरणले स्वीकार गरे कि केही प्राविधिक गल्तीका काारण यस्तो भएको हो ।

जब उनी यसबारे गुनासो गर्न गए त्यतिबेला विभागका कर्मचारीले बिल नतिरेसम्म घरमा लाइन नजोडिने बताएर फर्काएको उनले बताए । शमीमकी पत्नी खैरुन निशाका अनुसार उनीहरु बत्ती बाल्न र पंखा चलाउन मात्र विद्युत प्रयोग गर्छन् । उनले यसलाई सुधार गरिने बताएका छन् ।

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।